सुन तस्करी प्रकरण कारबाहीका लागि सिफारिस भएकी एआईजीको सरुवा

सुन तस्करी प्रकरण कारबाहीका लागि सिफारिस भएकी एआईजीको सरुवा

शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • सुन तस्करी प्रकरण कारबाहीका लागि सिफारिस भएकी एआईजीको सरुवा

    काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेकाे छ । सुन तस्करी प्रकरणकाे अनुसन्धानका लागि बनेकाे समितिले कारबाहीका लागि सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले बज्राचार्यको सरुवा गरेको हाे । 

    उनको ठाउँमा प्रधान कार्यालयको कार्यविभागबाट श्यामलाल ज्ञवाली पठाउने निर्णय बैठकले गरेकाे छ । 

    बैठकले सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन गम्भीर रूपमा अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । 

    अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले सीआईबीका बज्राचार्यसहित चार जना अधिकृतलाई विभागीय कारबाही सिफारिस गरेको हो भने सुन तस्करीसँग जोडिएका अन्य ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij