तुइन खोलामा फेरि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण अवरुद्ध

तुइन खोलामा फेरि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण अवरुद्ध

मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • तुइन खोलामा फेरि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण अवरुद्ध

    काठमाडौँ। नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ ।

    मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

     

    चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो ।

    पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको प्रहरीको भनाई छ ।

    प्रहरीको अनुसार ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij