गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई दिइयो जिम्मेवारी

गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई दिइयो जिम्मेवारी

मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई दिइयो जिम्मेवारी

    काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ ।

    जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

    दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।

    यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए ।

    जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो । स्रोतका अनुसार, उनलाई योजना आयोगको सचिवालमा जिम्मोवरी तोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij