नक्कली नोट बनाउने मेसिनसहित एक युवक पक्राउ

नक्कली नोट बनाउने मेसिनसहित एक युवक पक्राउ

शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • नक्कली नोट बनाउने मेसिनसहित एक युवक पक्राउ

    काठमाडौं । नक्कली नोट बनाउने मेसिनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले बेथानचोक गाउँपालिका–३ का २५ वर्षीय सबिन हुमागाईंलाई शुक्रबार दिउँसो ३ बजे काभ्रेको बनेपाबाट नक्कली नोट बनाउन प्रयोग गर्ने फोटोकपी मेसिन सहित पक्राउ गरेको हो । 

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-५ मा स्थित एचएम मोबाइल किएर सेन्टरमा खान तलासी गरेको थियो। 

    प्रहरीले कलर प्रिन्टर, डेल कम्पनीको ल्याप्टप, आइफोन, हजार दरका ६९ वटा नक्कली नोट, एक थान पाँच सय दरका नक्कली नोट र फोटोकपी पेपर बरामद गरेको छ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर कार्यालय ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij