सञ्चारमन्त्रीको पहिलो निर्णय- १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा

सञ्चारमन्त्रीको पहिलो निर्णय- १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा

सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • सञ्चारमन्त्रीको पहिलो निर्णय- १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा

    काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

    आज मन्त्रीको पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रूपमा यस योजनाको घोषणा गरेका हुन् ।

    मन्त्रालयमा पदभार ग्रहण गर्नका लागि पुगेका मन्त्री खरेलले कर्मचारीको ल्याएको प्रस्तावमा केही सुधार र थपका साथ निर्णय लिएका थिए ।

    यस निर्णयअनुसार, ५ महिनाभित्र काठमाडौं बाहेकका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।

    यसले डिजिटल पहुँचमा वृद्धि गर्दै नागरिकलाई अनलाइन सेवाहरूको सहज पहुँच दिन सहयोग पुर्याउने आशा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij