काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ। महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा स्थानीय वायुको आंशिक प्रभाव छ।
सोमबार कोशी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राति कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।