काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।
नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको छ ।
समितिका अनुसार भारतमा बिहान ११:४९, अमेरिकाको न्युयोर्कमा ११:२५, फ्र्यांकफर्ट (केन्टुकी) मा ११:५७, टेक्सासमा ११:३३, क्यालिफोर्नियामा ११:११, क्यानडाको टोरेन्टोमा ११:११ र अष्ट्रेलियाको सिड्नीमा ११:४३ बजे टीकाको साइत शुभ मानिएको छ ।
यस वर्षको दशैं असोज ६ गतेदेखि शुरु हुनेछ। सो दिन घटस्थापना परेको छ। असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत तोकिएको छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
यस्तै, असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे हुने बताइएको छ ।
