वनकालीको जंगलमा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला

वनकालीको जंगलमा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला

शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • वनकालीको जंगलमा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला

    काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको वनकालीको जंगलमा एक किशोरीको शव फेला परेको छ । सिन्धुली घर भएकी १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

    बिहान मर्निङ वाकमा जानेहरुले उनको शव देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । 

    सिन्धुली घर भइ बालुवाखानी कपनमा बस्ने उनी विगत केही दिनदेखि हराइरहेकी थिइन् । केही दिनअघि आफन्तकोमा जान भनी हिँडेकी उनी नभेटिएपछि आफन्तहरुले सामाजिक सञ्जालमा उनको खोजी गरिदिन अपिल गरेका थिए ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij