सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउन सिफारिस

शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउन सिफारिस

    काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। आयोगले भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै सत्तारूढ माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई मुद्दा चलाउन सिफारिश गरेको हो।

    उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएका छन् ।

    आयोगले महरासँग माघ २५ गते बयान लिएको थियो। उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। आयोगले प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालको भूमिका पनि शंकस्पद भएको बताएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij