काठमाडौं । सोमबार सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका तीन जना नयाँ मन्त्रीहरूले शपथ लिने भएका छन्।
अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङले शपथ लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।
अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।