विदेशमा भाइटीकाको साइत सार्वजनिक, कुन देशमा कहिले ?

विदेशमा भाइटीकाको साइत सार्वजनिक, कुन देशमा कहिले ?

बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • विदेशमा भाइटीकाको साइत सार्वजनिक, कुन देशमा कहिले ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि २०८३ सालको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

    समितिले विभिन्न देश तथा सहरको स्थानीय समय र तिथिको अवस्थालाई आधार मानेर भाइटीकाको साइत निर्धारण गरेको हो । समितिका अनुसार नेपालमा कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा भाइटीका लगाउन उत्तम साइत रहेको छ ।

    बुधबार बसेको समितिको बैठकले नेपालसहित विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि साइत निर्धारण गरेको हो ।

    समितिले सार्वजनिक गरेको विवरणअनुसार भारतको देहलीमा नोभेम्बर ११ मा बिहान ११ बजेर २१ मिनेट र भुटानको थिम्पुमा बिहान ११ बजेर ५ मिनेटमा भाइटीकाको साइत रहेको छ ।

    त्यस्तै, अमेरिका र क्यानाडाका विभिन्न सहरमा नोभेम्बर १० मा भाइटीका लगाउने साइत निर्धारण गरिएको छ । अमेरिकाको न्युयोर्कमा बिहान ११ बजेर २५ मिनेट, टेक्सासमा ११ बजेर ३५ मिनेट, वासिङ्टन डीसीमा ११ बजेर ३३ मिनेट र क्यालिफोर्नियामा ११ बजेर ५ मिनेटमा उत्तम साइत रहेको छ । क्यानाडाको टोरन्टोमा बिहान ११ बजेर ५७ मिनेट र भ्यानकुभरमा ११ बजेर ५५ मिनेटमा साइत रहेको समितिले जनाएको छ ।

    बेलायत तथा युरोपका विभिन्न मुलुकमा पनि नोभेम्बर १० मै भाइटीका मनाइनेछ । बेलायतको लन्डनमा बिहान ११ बजेर ३१ मिनेट, फ्रान्सको पेरिसमा ११ बजेर ३५ मिनेट, पोर्चुगलको लिस्बनमा ११ बजेर ५७ मिनेट र स्वीट्जरल्यान्डको जेनेभामा ११ बजेर ४५ मिनेटमा साइत निर्धारण गरिएको छ ।

    अस्ट्रेलिया र न्युजिल्यान्डमा भने नोभेम्बर ११ मा भाइटीका लगाउने साइत रहेको छ । अस्ट्रेलियाको सिड्नीमा बिहान ११ बजेर ४५ मिनेट, मेलबर्नमा ११ बजेर ५५ मिनेट, क्यानबेरामा ११ बजेर २१ मिनेट र ब्रिसबेनमा १० बजेर ५५ मिनेटमा साइत रहेको छ । न्युजिल्यान्डको वेलिङ्टनमा बिहान ११ बजेर ५५ मिनेटमा उत्तम साइत रहेको छ ।

    त्यस्तै, जापानको टोकियोमा नोभेम्बर ११ मा बिहान ११ बजेर १ मिनेट, दक्षिण कोरियाको सियोलमा ११ बजेर ५५ मिनेट, मलेसियाको क्वालालम्पुरमा ११ बजेर ३३ मिनेट र सिङ्गापुरमा ११ बजेर २३ मिनेटमा भाइटीकाको साइत रहेको छ ।

    खाडी मुलुकतर्फ कतारको दोहामा बिहान ११ बजेर २५ मिनेट, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा ११ बजेर ११ मिनेट र साउदी अरेबियामा १० बजेर ५१ मिनेटमा साइत निर्धारण गरिएको छ । इजरायलको तेल अभिवमा भने नोभेम्बर १० मा बिहान ११ बजेर १ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ ।

    समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव श्रीकेश कौशिकद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सार्वजनिक गरिएको समय टीका लगाउनका लागि सबैभन्दा उत्तम साइत हो । यद्यपि, उक्त दिन आफ्नो अनुकूलताअनुसार अन्य समयमा पनि भाइटीका लगाउन सकिने समितिले जनाएको छ ।

    bhaitiak-sait-1793796757.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij