बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा

बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा

बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त भएका छन् । 

    अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।

    बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए । 

    शपथपछि अर्थमन्त्री डा. वाग्लेले विशेष निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन समेत दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij