काठमाडौं । महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त भएकी छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।
