सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु

सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु

आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु

    काठमाडौँ । प्रदर्शनकारीहरूको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ ।

    यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरण निवेदनहरू हेर्न थालिने जनाएको थियो ।

     

    सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउने गरी काम थालेको हो ।

    इजलास सुरु भएको ६ दिनपछि अड्डा अदालतहरूमा दशैं बिदा सुरु हुनेछ । दंशैका बेलामा १५ दिन अदालतमा बिदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर, यस पटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरू संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए । ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij