जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गरेर जनही १० लाख दिने निर्णय

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गरेर जनही १० लाख दिने निर्णय

आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गरेर जनही १० लाख दिने निर्णय

    काठमाडौं। सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले केहि बेरअघि पदभार ग्रहण गर्दै मृतकलाई शहीद घोषणा गरेर जनही १० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेका हुन् ।

    त्यस्तै घाइतेहरुको सरकारले निः शुल्क उपचारको व्यवस्था गरिने मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए । २३ र २४ गते भएको जेनजी आन्दोलनमा परेर हालसम्म ७२ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ ।

     

    आन्दोलनकारीतर्फ ५९ जना र प्रहरीतर्फ ३ जना शहीद भएका छन् । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij