रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु

बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु

    काठमाडौं । रुसी सेनामा कार्यरत थप सातजना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

    मृत्यु हुनेमा धादिङका पूर्वबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे र झापाका गंगाराम अधिकारी छन् । यस्तै बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान पनि छन् ।

    केही मित्रराष्ट्रको सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नदिने नेपाल सरकारको नीति भएको स्पष्ट पार्दै मन्त्रालयले रुसी सेनामा नजान अनुरोधसमेत गरेको छ ।

    गत वर्षदेखि जारी रुस–युद्धको चपेटामा नेपाली पनि अनावश्यक रुपमा परिरहेका छन् । यसअघि पनि करिब दर्जन नेपालीको मृत्यु भइसकेको थियो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij