काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले सिर्जना गरेको राजनीतिक उतारचढाव र सत्ता परिवर्तनपछि कार्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचन स्थगित भएको छ ।
निर्वाचन आयोगले यसअघि रूपन्देही–३ र मनाङ–१ (२) मा उपनिर्वाचन गराउने निर्णय गरेको थियो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अन्तरिम सरकार प्रमुख बनेकी सुशिला कार्कीले प्रतिनिधिसभा विघटन गरेसँगै उपनिर्वाचन स्वतः रद्द भएको हो ।
अब नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते बिहीबार हुने गरी मिति तय भएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिक परिस्थितिका कारण कार्यकाल पूरा नगरी विघटनमा परेको हो ।