कार्कीलाई राष्ट्रपतिको शुभकामना : तपाईं सफल हुनुहोस्, देश सफल होस् !

कार्कीलाई राष्ट्रपतिको शुभकामना : तपाईं सफल हुनुहोस्, देश सफल होस् !

शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • कार्कीलाई राष्ट्रपतिको शुभकामना : तपाईं सफल हुनुहोस्, देश सफल होस् !

    काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको मुख्य कार्यभार ६ महिना भित्र प्रतिनिधिसभाको अर्को चुनाव गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

    साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ । कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गरेकी छिन् ।

    राज्यको उच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाउनु भएकी प्रधानमन्त्री कार्कीले विकसित संक्रमणकाललाई चुनावमार्फत पार लगाउने गहन दायित्व प्राप्त गरेकी छिन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै देशलाई सफल बनाउन आग्रह समेत गरेका थिए । राष्ट्रपतिले भने ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

    नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ लिएकी छिन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिती थियो । शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ पनि सहभागी थिए । समारोहमा अमेरिका, चीन, भारतलगातयका देशका राजदूतसँगै जेनजी युवाहरूको सहभागिता थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij