कार्यपालिका वैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत र प्रवक्ता

कार्यपालिका वैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत र प्रवक्ता

बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • कार्यपालिका वैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत र प्रवक्ता

    काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी र नगर प्रवक्ता खगेन्द्र सिंहमाथि कुटपिट भएको छ ।  बिहीवार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न डाकिएको बैठकमा उनीहरूमाथि कुटपिट भएकाे हाे ।

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशी, प्रवक्ता सिंह र कार्यपालिका सदस्यहरूबीच केहीबेर भनाभन भएको थियो । बैठकमा विरोध चर्किँदै गएपछि कार्यपालिका सदस्यहरूले उनीहरूमाथि आक्रमण गरेका हुन् ।

    प्रशासकीय अधिकृत जोशीको टाउकोमा ३ टाँका लगाउनु परेको छ । जोशी नगरमा निजामती क्षेत्रका सबैभन्दा माथिल्लो श्रेणीका हाकिम हुन् ।  

    अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता मात्रै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij