संसद् विघटनसँगै सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

संसद् विघटनसँगै सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • संसद् विघटनसँगै सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधि सभा  र प्रदेश सभा विघटन गर्ने निर्णयसमेत भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेल सुरुमा कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै संसद् विघटन गर्ने अडानमा थिए, तर अन्ततः दुवै विषयमा सहमति बनेको हो ।

    अहिले शीतलनिवासमा संसद् विघटन र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा तयार भइरहेको छ । सहमति अनुसार राष्ट्रपति पौडेलले आज राति ९ बजे कार्कीलाई शपथ गराउने तयारी गरेका छन् ।

    यसअघि नयाँ सरकार गठनबारे छलफल गर्न कार्की, सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल शीतलनिवास पुगेका थिए । प्रारम्भमा संसद् विघटनबारे मतभेद भए पनि अन्ततः सहमति जुटेपछि कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते जेनजी आन्दोलनको दबाबपछि राजीनामा दिएका थिए । राजीनामा सोही दिन राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij