ससपा नेपालको माग : सर्वपक्षीय गोलमेच सम्मेलन

ससपा नेपालको माग : सर्वपक्षीय गोलमेच सम्मेलन

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • ससपा नेपालको माग : सर्वपक्षीय गोलमेच सम्मेलन

    काठमाडौं । समावेशी समाजवादी पार्टी (ससपा) नेपालले हालको राजनीतिक संकट समाधानका लागि तत्काल सर्वपक्षीय गोलमेच सम्मेलन आह्वान गर्नुपर्ने माग गरेको छ।

    पार्टीका अध्यक्ष किशोर कुमार विश्वासले हस्ताक्षर गरेको विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको आठ दलीय गठबन्धन सरकारलाई ‘निरंकुश’ भन्दै जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको आरोप लगाइएको छ। विज्ञप्तीअनुसार अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् भने हजारौं जना घाइते भएका छन्।

    “आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,” विज्ञप्तीमा भनिएको छ।

    समावेशी समाजवादी पार्टीले हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धीहरू – बहुदलीय व्यवस्था, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक अधिकार, स्वतन्त्र न्यायपालिका र वाक स्वतन्त्रता – लाई संस्थागत गर्दै ३०० वर्षदेखि कायम जातीय, वर्गीय, लैङ्गिक, धार्मिक र क्षेत्रीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।

    विज्ञप्तीमा राष्ट्रपतिलाई युवापुस्ता, विद्यार्थी, मजदुर, किसान, महिला लगायत सम्पूर्ण उत्पीडित वर्गलाई समेटेर सर्वपक्षीय गोलमेच सम्मेलन बोलाउन आग्रह गरिएको छ। साथै नयाँ अन्तरिम सरकार गठन, संसद् विघटन, संविधान संशोधन, तथा भ्रष्टाचार र हत्याबारे उच्च न्यायिक छानबिन आयोग गठनमार्फत तत्काल समाधान खोज्नुपर्ने माग गरिएको छ।

    त्यसैगरी, राजावादी, कट्टर हिन्दुवादी, विदेशी विस्तारवादी, उपनिवेशवादी, प्रतिगामी, दलाल पुँजीवादी र विचौलियाहरूले राजनीतिक अस्थिरतालाई फाइदा उठाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने चेतावनी पनि ससपा नेपालले दिएको छ।

    SSP.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij