महिला संगठनहरूको संयुक्त विज्ञप्ति- संवैधानिक प्रक्रिया र लोकतान्त्रिक अभ्यासमार्फत समस्याको समाधान गर्न आह्वान

महिला संगठनहरूको संयुक्त विज्ञप्ति- संवैधानिक प्रक्रिया र लोकतान्त्रिक अभ्यासमार्फत समस्याको समाधान गर्न आह्वान

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • महिला संगठनहरूको संयुक्त विज्ञप्ति- संवैधानिक प्रक्रिया र लोकतान्त्रिक अभ्यासमार्फत समस्याको समाधान गर्न आह्वान

    काठमाडौं । विभिन्न पार्टी निकट महिला संगठनहरूले देशको पछिल्लो आन्दोलनलाई शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन संयुक्त विज्ञप्ति जारी गरेका छन्।

    महिला संगठनहरूले जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २३ गतेदेखि देखिएका आगलागी, तोडफोड र हिंसात्मक गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। विज्ञप्तिमा संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेश र स्थानीय तहका कार्यालय तथा निजी व्यवसायिक प्रतिष्ठानमाथि भएको आक्रमणप्रति दुःख प्रकट गरिएको छ।

    महिला संगठनहरूले सामाजिक असामाजिक तत्त्वहरूको प्रवेश, महिला माथि हुने आक्रमण, विदेशी हस्तक्षेप र धार्मिक विद्वेषपूर्ण प्रचार–प्रसारको सम्भावनाबारे पनि सचेत गराएका छन्।

    “देशले भोगिरहेको राजनीतिक समस्याको समाधान संवैधानिक प्रक्रिया र लोकतान्त्रिक अभ्यासमार्फत मात्र सम्भव छ,” विज्ञप्तिमा उल्लेख छ।

    संयुक्त विज्ञप्तिमा नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अनेमसंघ (समाजवादी), अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) का अध्यक्ष तथा इन्चार्जहरूको हस्ताक्षर छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij