सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, संसद विघटनमा वार्ता मिलेन

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, संसद विघटनमा वार्ता मिलेन

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, संसद विघटनमा वार्ता मिलेन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो ।

    बैठकको मुख्य एजेन्डा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषय रहेको थियो। हालको संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधान रहेको छ। सो विषयमा राष्ट्रपतिले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए।

    यसअघि जेन(जी समूहकोतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्।

     शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij