काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक

काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक

बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक

    मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको  भट्टेडाँडास्थित सडक मर्मतसम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    उक्त सडक निर्माणका क्रममा चैत १ गतेदेखि २०८१ साल वैशाख १५ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जानकारी गराएको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

    उनका अनुसार, काठमाडौँ कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई काठमाडौँको थानकोट–मकवानपुरको चित्लाङ हुँदै हेटौँडातर्फ आवतजावत गर्न अनुमति प्रदान गरिएको उल्लेख गरे । उक्त सडकमा हल्का सवारीसाधन दैनिक २ हजारभन्दा बढी आवतजावत गर्ने गरेको भीमफेदी इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij