काठमाडौं । उदयपुरको बेलका नगरपालिका– ७ मा जिप दुर्घटना भएको छ । धरानबाट भोजपुर जादैँ गरेको १ ज २५९३ न.को जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हाे ।
उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार बेलका–७ चेहेरे भन्ने भिरको मोडमा दुर्घटना भएको हो ।जसमा ७ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
मृतकको पहिचान खुलेको छैन ।