काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयमा पुगेर बिहीबार प्रतिवेदन बुझाएको आयोगले जनाएको छ । विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागि रहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।
त्यसपछि मन्त्रिपरिषद्ले असोज १४ गते सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा ३ सदस्ययी समितिको आयोग गठन गरेकाे थियो ।
आयोगका सदस्यहरुले विभिन्न सीमा नाकामा गएर स्थलगत अध्ययन समेत गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समयसिमा पछि दुईपटक थप गरिएको थियो ।