प्रचण्डलाई राजेन्द्र पाण्डेको प्रश्न : ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के होला प्रधानमन्त्रीज्यू ?

प्रचण्डलाई राजेन्द्र पाण्डेको प्रश्न : ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के होला प्रधानमन्त्रीज्यू ?

बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • प्रचण्डलाई राजेन्द्र पाण्डेको प्रश्न : ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के होला प्रधानमन्त्रीज्यू ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले रातारात सत्ताको समीकरण फेर्ने शैलीले राजनीतिक विकृति बढाएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले विश्वासको मत लिने छलफलमा भाग लिँदै पाण्डेले ओली र देउवा मिल्दा तपाईंको हालत के होला भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

    ‘ओली र शेरबहादुरले घाँटी जोडे तपाईंका हालत के हुन्छ प्रधानमन्त्री ज्यू ?’ पाण्डेले प्रश्न गरे । षडयन्त्र, धोकाबाट अघि बढ्ने मुलुक बर्बादीतिर जाने उनले बताए ।

    प्रधानमन्त्रीप्रति कति चाँडो रङ फेर्ने भन्ने बुझाइ भएको भन्दै सचेत हुन आग्रह गरे । 

    आफूहरू पनि सत्तारुढ दल भए पनि बेवास्ता गरेर समीकरण बनाएकोमा उनले आपत्ति जनाए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij