भारतका विदेश सचिव आइतबार आउँदै

भारतका विदेश सचिव आइतबार आउँदै

शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • भारतका विदेश सचिव आइतबार आउँदै

    काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्ने भएका छन् ।

    भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् ।  उनी सोमबार काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij