वर्षाका कारण अवरुद्ध साँफे-मार्तडी राजमार्ग सञ्चालनमा

वर्षाका कारण अवरुद्ध साँफे-मार्तडी राजमार्ग सञ्चालनमा

शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • वर्षाका कारण अवरुद्ध साँफे-मार्तडी राजमार्ग सञ्चालनमा

    बाजुरा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो । 

    अहिले राजमार्गमा जेसिभीको सहयोगले पहिरो पन्छ्याएपछि यातायात सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij