सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात व्यक्तिहरूले गरेको गोली प्रहारमा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोली लागेर ज्यान गुमाउने व्यक्ति ४० वर्षीय रामपुकार यादव हुन् । उनलाई टाउकोमा गोली लागेको थियो ।
गम्भीर घाइते भएका यादवलाई उपचारका लागि पर्सा–महोत्तरीस्थित जानकी हेल्थ केयर लगिएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
हाल मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।