मदन भण्डारी प्रतिष्ठानमा पहिलोपटक एमबीबीएस, ५० विद्यार्थीले भर्ना पाउने

मदन भण्डारी प्रतिष्ठानमा पहिलोपटक एमबीबीएस, ५० विद्यार्थीले भर्ना पाउने

शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • मदन भण्डारी प्रतिष्ठानमा पहिलोपटक एमबीबीएस, ५० विद्यार्थीले भर्ना पाउने

    काठमाडौं । बागमती प्रदेशको गौरव आयोजना मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई ५० सिटको स्वीकृति दिएको छ, जससँगै हेटौंडामा प्रदेशकै स्वास्थ्य शिक्षा केन्द्रको नयाँ अध्याय खुल्ने भएको छ ।

    यसअघि प्रतिष्ठानले बीएससी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), पब्लिक हेल्थ (बीपीएच) र ब्याचलर अफ फार्मेसी जस्ता स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष बीएससी नर्सिङको क्षमता २० बाट ३० सिटमा बढाइएको छ भने अन्य कार्यक्रमको सिट संख्या यथावत् राखिएको छ ।

    यो वर्षदेखि सात विषयमा एमडी पनि सुरु हुँदैछ, जसका लागि ८ सिट स्वीकृत भएका छन्। स्त्री तथा प्रसूति (२ सिट), फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहनेछ ।

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिनुले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा र अनुसन्धानको मुख्य गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, प्रतिष्ठान विशेषज्ञ चिकित्सक उत्पादनसँगै गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धानमा अग्रसर हुँदै आएको छ ।

    उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार, हेटौंडा अस्पतालमार्फत हाल दैनिक १,५०० भन्दा बढी बिरामी उपचार लिइरहेका छन् । छिमेकी प्रदेशका बिरामी पनि यहाँ उपचारका लागि आउने गरेका छन् ।

    २०७६ सालमा बागमती प्रदेशसभाबाट ऐन पारित भएपछि २०७७ साउन १५ मा उपकुलपति र भदौ १५ मा पदाधिकारी नियुक्त गर्दै प्रतिष्ठानको औपचारिक काम सुरु भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij