रुपन्देही कारागारमा रहेका रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

रुपन्देही कारागारमा रहेका रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • रुपन्देही कारागारमा रहेका रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

    काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । 

    कारागार सरुवाका लागि निवेदन दिएका सभापति लामिछानेलाई आज नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले बताए ।

    उनका अनुसार उक्त निर्णयको पत्र आजै रुपन्देही कारागारमा पठाइएको छ । “कारागार सरुवाको निर्णय गरेर आजै पत्र पठाइसकेका छौँ”, “सूचना अधिकारी जोशीले भने, “सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने छ ।” 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij