काठमाडौं । न्याय परिषद्ले एकसाथ २१० जना न्यायाधीशको सरुवा गरेको छ ।
न्याय परिषद्को शुक्रबार बसेको बैठक जिल्ला र उच्च अदालतका समेत २१० न्यायाधीशहरूको एकसाथ सरुवा गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सिफारिस भएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको हो ।
उता सदस्यहरू तेजनारायण सिंह राईको उच्च अदालत पोखरामा सरुवा भएको छ। अर्का सदस्य रामबहादुर थापाको उच्च अदालत जनकपुरस्थित राजविराज इजलासमा सरुवा गरिएको छ।
त्यस्तै, विशेषका सदस्य एवम् न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुरमा सरूवा गरिएको छ । अर्का सदस्य रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पठाइएको छ ।