अनुमति बिना सञ्चालित स्वास्थ्य संस्थालाई बागमति प्रदेशले कारवाही गर्ने (सूचना सहित)

अनुमति बिना सञ्चालित स्वास्थ्य संस्थालाई बागमति प्रदेशले कारवाही गर्ने (सूचना सहित)

शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • अनुमति बिना सञ्चालित स्वास्थ्य संस्थालाई बागमति प्रदेशले कारवाही गर्ने (सूचना सहित)

    काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र अनुमति बिना सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूमाथि कार्यवाहीको चेतावनी दिंदै अनुमति लिन ३५ दिनको समय दिएको छ ।

    प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ को दफा १३ को उपदफा (१०) बमोजिम, हाल सञ्चालनमा रहेका तर कानूनी अनुमति नलिएका स्वास्थ्य संस्थाले तोकिएको पूर्वाधार र मापदण्ड पूरा गरी अनुमति लिनुपर्ने व्यवस्था छ । यसै आधारमा मिति २०८२ साउन २८ गते मन्त्रालयले सूचना जारी गर्दै अनुमति प्राप्त नगरेका संस्थाले तत्काल सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरेको हो ।

    ऐन प्रारम्भ भएदेखि नै सञ्चालनमा रहेका संस्थालाई एक पटकका लागि मात्र यस्तो अवसर दिइएको मन्त्रालयले जनाएको छ । तोकिएको समयसीमा भित्र अनुमति नलिने संस्थामाथि कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ । स्वस्थ्य मन्त्री किरण थापा मगरका अनुसार तोकिएको समयमा अनुमती नलिनेहरु कार्यवाहीको भागिदार हुने छन् ।

    797ed77b-0b53-41d5-90a8-05c15fc7b207.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij