घुस रकमसहित पक्राउ परेका मालपोत प्रमुख र कार्यालय सहयोगी विरुद्ध मुद्दा

घुस रकमसहित पक्राउ परेका मालपोत प्रमुख र कार्यालय सहयोगी विरुद्ध मुद्दा

बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • घुस रकमसहित पक्राउ परेका मालपोत प्रमुख र कार्यालय सहयोगी विरुद्ध मुद्दा

    काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार अभियोगमा आरोप–पत्र दायर गरेको छ ।

    भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र लगतकट्टा गरी सो जग्गा मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनार्थ घुस २४ लाख ५० हजार माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    उनले भने, “भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख आचार्यको र कार्यालय सहयोगी राउतको साथबाट मोबाइल डिभाइस एवं घुस रकम २४ लाख ५० हजारसहित भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट नियन्त्रणमा लिइएको हो ।”

    प्रतिवादीद्वयले घुस रकम लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो कायम गरी  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुनेमा मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाडन आदेश

    काठमाडौँ जिल्ला अदालतले अभद्र व्यवहारमा पक्राउ परेका मिलन गुरुङ (चक्रे मिलन) सहितका १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । 

    यही साउन १५ गते साम्बाला होटलबाट पक्राउ परेका चक्रे मिलनलाई ३० हजार, जीतबहादुर लामा १० हजार, रितिक लामा २० हजार, चन्द्रदेव कार्की १० हजार, प्रकाश गोले १० हजार, आमिर आलेमगर १० हजार, उत्तम महर्जन १० हजार, प्रनिश कँडेल १० हजार, राजु परियार १० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार राजेश भन्ने रोजेश खड्का ३० हजार, गणेशबहादुर बोगटी २० हजार, रोशन सुवेदी १० हजार, सन्दिप केसी १० हजार, राहुल खड्का १० हजार, यामु पौडेल १० हजार, सौरभ सुनार १० हजार, डिल्लीराज कँडेल २० हजार, सफल भन्ने सुजल शाही १० हजार तथा निराजन पौडेललाई १० हजार धरौटीमा छाडन अदालतले आदेश दिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij