जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला

जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला

बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला

    काठमाडौं । काठमाडौँको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा किशोरीको शव भेटिएको छ । १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको प्रहरीले जनाएको छ । 

    फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छन् । मृतक लामा कक्षा १२ मा पढ्थिन् । हात बाँधेर गाडेको अवस्थामा शव उत्खनन् गरिएको छ । लामा २२ माघदेखि सम्पर्कविहीन थिइन् । 

    उनका अनुसार, घटना शंकास्पद देखिएपछि कार्यालयले सोधपुछ र प्राविधिक जाँच थालेको छ । यसअघि लामाको परिवारले उनको खोजतलासका लागि भन्दै प्रहरी वृत्त, बौद्धमा निवेदन दिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij