१ खर्ब ८ अर्ब खर्चेर ११ प्रसारण लाइन आयोजना अघि बढाउँदै आरपिजिसिएल

१ खर्ब ८ अर्ब खर्चेर ११ प्रसारण लाइन आयोजना अघि बढाउँदै आरपिजिसिएल

बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • १  खर्ब ८ अर्ब खर्चेर ११ प्रसारण लाइन आयोजना अघि बढाउँदै आरपिजिसिएल

    काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सागर श्रेष्ठले ११ वटा प्रसारण लाइन आयोजना अघि बढाएको बताएका छन्  । मंगलबार कम्पनीे स्थापनाको १०औँ  वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रेष्ठले सो जानकारी दिएका हुन् । 

    २०७२ मा स्थापना भएको कम्पनीले एक दशकमा उच्च भोल्टेजस्तरका प्रसारण लाइन आयोजना अध्ययन र निर्माण अघि बढाउने अनुभव आर्जन गरेको श्रेष्ठको भनाइ छ । कम्पनीले ११ वटा प्रसारण लाइन आयोजना अघि बढाएकोमा ३ वटा निर्माणाधीन अवस्थामा रहेको, ३ वटा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा  अघि बढाइको बताए । 

    12.jpg

    श्रेष्ठका अनुसार, २ वटा आयोजनाको अध्ययन सम्पन्न भएको छ भने ३ वटा अध्ययनका क्रममा रहेको श्रेष्ठले जानकारी दिए । सबै आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब ८ अर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताइएको छ । ३० प्रतिशत मात्रै स्वपुँजी लगानी गर्ने हो भने पनि करिव ३३ अर्ब रुपैयाँ आवश्यक पर्ने श्रेष्ठले बताए । 

    यी प्रसारण लाइनमा लगानी गर्नेका लागि कम्तीमा १५ प्रतिशत प्रतिफल सुनिश्चित गरेको सिइओ श्रेष्ठको भनाइ थियो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण गर्नुपर्नेमा जोड दिए । 

    विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रत्येक नदी बेसिनका सबै आयोजनालाई समेट्ने गरी नदी करिडोर प्रसारण लाइन निर्माण गर्नुपर्ने मन्त्री खड्काको जोड थियो । उनले जलविद्युत् उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने बताए । 

    मन्त्री खड्काले आगामी १० वर्षका लागि ऊर्जा विकासको मार्गचित्र सरकारले अगाडि बढाएको भन्दै उक्त मार्गचित्रका लक्ष्य पूरा गर्न आरपिजिसिएलको भूमिका महत्त्वपूर्ण हुने बताए । 

    उर्जा मन्त्रालयका सचिव एवं आरपिजिसिएलका अध्यक्ष शुरेस आचार्यले उर्जा विकासले मात्र मुलुकको समग्र विकास हुने भएकाले उत्पादन संगै प्रशारणमासमेत सरकारले जोड दिएको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij