२ किलो २९८ ग्राम चाँदीसहित एक जना पक्राउ

२ किलो २९८ ग्राम चाँदीसहित एक जना पक्राउ

बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • २ किलो २९८ ग्राम चाँदीसहित एक जना पक्राउ

    उदयपुर । त्रियुगा नगरपालिका-६ जलजले ढाटबाट बिल नभएको चाँदी जस्तो देखिने धातु २ किलो २९८ ग्राम ५६० मिलिग्रामसहित सप्तरी शम्भुनाथ नगरपालिका-९ बस्ने २२ वर्षीय सन्तोष विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले विकलाई कम्मरमा भिरेको झोलामा लुकाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij