मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

    काठमाडौं ।  सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

    बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका–९, बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको हो । सोही घटनामा मोटरसाइकल चालक चौधरीको छोरा ३२ वर्षका दीपक चौधरी र २८ वर्षका रामरूप चौधरी घाइते भएका छन् । 

    दुर्घटनामा परेर गम्भिर घाइते भएकी इनरवतीलाई उपचारका लागि तत्काल चन्द्रनिगाहापुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । पूर्वपश्चिम राजमार्गबाट भरत तालतर्फ जाँदै गरेका उनीहरू सवार मोटरसाइकललाई सोही दिशाबाट आँउदै गरेको ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–९, बस्ने २० वर्षीय विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको मुजफ्रपुर जिल्लाको मिनापुर ग्राम पञ्चायत १० बस्ने २० वर्षीय प्रेमकुमार भगत घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । 

    दुवै जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij