सुनसरीमा सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, १५ जनाघाइते

सुनसरीमा सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, १५ जनाघाइते

सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • सुनसरीमा सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, १५ जनाघाइते

    धरान (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । 

    काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस  आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन । 

    घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।   प्रहरी प्रवक्ता खतिवडाले बस चालक  झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij