काठमाडौं । आज पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहँदा वर्षा हुने सम्भावना देखिएको छैन।
आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।