पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्री बीच बाटोमै अलपत्र

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्री बीच बाटोमै अलपत्र

बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्री बीच बाटोमै अलपत्र

    काठमाडौं ।  अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

    राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij