काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाउन आज तुर्कमेनिस्तान पुगेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो १४ः३० बजे दुबई अन्तरराष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको अवाजा सहर पुगेका हुन् । उनलाई तुर्कमेनवासी अन्तरराष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे ।
यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ पुगेका हुन् ।
मंगलबार अपरान्ह ३–६ बजे नै प्रधानमन्त्री ओलीको भेटवार्ता उज्वेकिस्तानका राष्ट्रपति साभकात मिर्जियोयेभसँग पनि हुनेछ।
सूचीमा रहेका बाँकी तीन मध्यएसियाली राष्ट्रका राष्ट्रपतिहरूसँग भने प्रधानमन्त्री ओलीले बुधबार ९साउन २१ ० भेटवार्ता हुने तय भएको छ।
यसमध्ये बुधबार अपरान्ह ३–६ बजेकै अवधिमा प्रधानमन्त्री ओलीले क्रमैसँग अजरबैजानका राष्ट्रपति इल्हाम हेदोर ओग्लु अलियेभ, कजाखस्तानका राष्ट्रपति कासिम जोमार्ट के। तोकायेभ र ताजिकिस्तानका राष्ट्रपति इमामाली राहिमानसँग भेटवार्ता गर्नेछन्।
यी तीन राष्ट्रपतिसँग भेटवार्ताको अवधिमा सम्मेलन केन्द्रमा त्यस दिनको पहिलो सेसनअन्तर्गत ‘स्ट्रक्चरल ट्रान्सफर्मेसन, डाइभर्सिफिकेसन एण्ड साइन्स टेक्नोलोजी एण्ड इन्नोभेसन एसटिआई० एज ड्राइभर्स अफ प्रस्पेरिटी इन ल्याण्ड लक्ड डेभललपिङ कन्ट्रिज’ ९एलएलडिसि’ज० शीर्षकमा राउन्ड टेबल हुँदै छ। राउन्ड टेबलकै छेको पारेर प्रधानमन्त्री ओलीले उपरोक्त तीन राष्ट्रका राष्ट्राध्यक्षहरूसँग भेटवार्ता गर्न लागेका हुन्।