अब नेपालमा पनि सवारी लाइसेन्सको अवधि अब १० वर्ष

अब नेपालमा पनि सवारी लाइसेन्सको अवधि अब १० वर्ष

शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • अब नेपालमा पनि सवारी लाइसेन्सको अवधि अब १० वर्ष

    काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्सको अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । 

    ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ । संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्‍याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । 

    नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा समेत उल्लेख रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij