सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदहरूको जोड

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदहरूको जोड

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदहरूको जोड

    काठमाडौं । सांसदहरुले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग राखेका छन् ।  मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले यस्तो माग राखेका हुन् ।

    उनीहरुले सुर्तीजन्य उद्योगहरुको उत्पादनको लागिमात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताए ।

    उनीहरुले उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको औंल्याए । उनीहरुले स्वास्थ्यमा जनतालाई असर गर्नेकुरामा राजश्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने जिकिर गरे ।

    पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने भनाइ उनीहरूकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij