बागमती प्रदेशमा नयाँ मन्त्रीहरूको शपथ अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशमा नयाँ मन्त्रीहरूको शपथ अनिश्चितकालका लागि स्थगित

बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • बागमती प्रदेशमा नयाँ मन्त्रीहरूको शपथ अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । बागमती प्रदेश सरकारका हालै नियुक्त भएका तीन मन्त्रीको आज तोकिएको शपथग्रहण कार्यक्रम अनपेक्षित रूपमा स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको शपथ कार्यक्रम प्रदेश प्रमुखको कार्यालयले अनिश्चितकालका लागि रोक्ने निर्णय गरेको हो ।

    प्रदेश प्रमुखको कार्यालयले बिहानै एक विज्ञप्ति जारी गर्दै गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानून), गीता गुरुङ (सहकारी तथा गरिबी निवारण), र माया श्रेष्ठ (युवा तथा खेलकुद) को शपथ आज नहुने जानकारी दिएको हो । विज्ञप्तिमा प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या देखिएको र आकस्मिक रूपमा काठमाडौं जानु परेकाले कार्यक्रम अर्को मिति तय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

    मुख्यमन्त्री बहादुरसिंह लामाले आफूलाई पार्टीको संसदीय दलको नेताबाट हटाउन पाँच जना मन्त्रीहरूले राजीनामा दिएपछि हिजो नयाँ तीन मन्त्री नियुक्त गरेका थिए । शपथग्रहण हिजो नै हुने भनिएको भए पनि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले फोनमार्फत शपथ तत्काल रोक्न आग्रह गरेपछि त्यो दिन पनि कार्यक्रम स्थगित गरिएको थियो ।

    यसबीच, हिजो भएको नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् भने पराजित भएका वर्तमान मुख्यमन्त्री लामाले भने राजीनामा नदिने अडान दोहोर्याएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij