काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको हत्या भएको छ । बारा घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित दैलेखी टोलमा बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेलको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो । उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसीसमेत फेला परेको छ ।
घटनाका विषयमा प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए । जानकारी पाउनासाथ प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए । ‘मृतकको कोठामा रगत लागेको चुलेसी फेला परेको प्रहरीले जनाएको छ । थप प्रक्रिया भने परिवारका सदस्य आएपछि मात्र अघि बढाउने प्रहरीले जनाएको छ । हत्या कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाराबाट उनको परिवारले आफुहरु सुर्खेत आउन लागेकोले शव नउठाउन भनेकाले उनी बसेको कोठामा शव शिल गरेको राखिएको छ ।