नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः प्रधानमन्त्री

नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः प्रधानमन्त्री

मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः प्रधानमन्त्री

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिएका छन् । 

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका(४ सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिएका हुन् । उद्योग विभागबाट रु २० अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उनले जानकारी दिए ।

    “गत मङ्सिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार छेन्दु जियान फुड कम्पनीले मारिण(४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ । उद्योगले वार्षिक दुई लाख मेट्रिकटन मासु र ५५ हजार मेट्रिकटन सहायक उत्पादन ९छाला, भित्री अङ्ग, टाउको० उत्पादन गर्नेछ”, प्रधानमन्त्री ओलीले लेखेका छन्, “निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्त्पूर्ण हुनेछ ।”

    प्रधानमन्त्री ओलीले छेन्दु जियान फुड कम्पनीले पाँच हजार १५६ जनालाई रोजगारी दिने र वार्षिक करिब रु डेढ खर्बको मासु चीन निर्यात गर्ने बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij