प्रकाशशरण महतको प्रष्टिकरण : अर्थमन्त्री छँदा सरकारलाई सहयोग गरेन भन्नु झुठ हो

प्रकाशशरण महतको प्रष्टिकरण : अर्थमन्त्री छँदा सरकारलाई सहयोग गरेन भन्नु झुठ हो

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • प्रकाशशरण महतको प्रष्टिकरण : अर्थमन्त्री छँदा सरकारलाई सहयोग गरेन भन्नु झुठ हो

    काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफू अर्थमन्त्री रहँदा प्रचण्ड सरकारलाई सहयोग नगरेको भन्ने भनाइ झुठ रहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै महतले अर्थमन्त्रीका रूपमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सक्दो सहयोग गरेको दाबी गरेका हुन् ।

    अर्थमन्त्रीले सहयोग गरेन भन्नु झुट भएको महतले बताए । ‘के गर्न सम्भव छ, के छैन भनेर प्रष्ट कुरा भएको थियो । त्यसमा प्रधानमन्त्री पनि समझदार हुनु भएको थियो । अहिले आएर अर्थमन्त्रीले सहयोग गरेन भन्ने झुट हो ।’ उनले भने । महतले आफ्नो कार्यकालमा उपलब्धि देखिने काम गरेकोसमेत दाबी गरे ।

    केही समय अघि प्रधानमन्त्री प्रचण्डले तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले समानान्तर शक्ति अभ्यास गरेकाे र सरकारलाइ सहयाेग नगरेकाे आराेप लगाउँदै नेपाली कांग्रेससँग गठबन्धन ताेड्नुपर्ने अवस्था आएकाे आराेप लगाएका थिए । साेही आराेपकाे विषयमा प्रष्टिकरण दिन महतले पत्रकार सम्मेलन आयाेजना गरि तत्कालीन सरकारलाइ सक्ने सहयाेग गरेकाे बताएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij