रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा बेपत्ता दुई तीर्थालुको खोजी शुरु गरिएको छ । आइतबार अपरान्ह स्नानको क्रममा दुई तीर्थालु बेपत्ता भएपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी कार्य थालेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार बेपत्ता भएका मोरङको विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र बेलवारीका मनोज न्यौपानेको खोजी शुरु गरिएको हो । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरि खोजीकार्य अघि बढाइएको बताइएको छ ।
खोजीमा नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइएको थियो ।